
वीरगञ्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश
वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत पर्साले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश हो ।
मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलीपल्ट मेयर सिंह अदालतमा पुगेका थिए । तर अदालतमा हाजिर नभई फरार भएपछि प्रहरीको विशेष टोलीले आज उनलाई ठोरीबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरिएको बताए ।
उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।



कागजपत्र |
