
प्रधानमन्त्रीको सम्बोधनपछि संसद्मा हंगामा, सत्ता–प्रतिपक्षबीच चर्काचर्की
काठमाडौं- प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच चर्काचर्की भएको छ।
आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गरेपछि त्यसको प्रक्रियालाई लिएर विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाएका थिए।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको सम्बोधन सम्बन्धी विषयमा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको आरोप लगाउँदै विरोध जनाएका थिए। त्यसक्रममा संसद्मा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
विपक्षी सांसदहरूको अवरोध बढेपछि सभामुख अर्यालले सांसदहरूलाई मर्यादित ढंगले प्रस्तुत हुन आग्रह गरेका थिए।
विवाद चर्किने क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ पनि आक्रोशित हुँदै आफ्नो बेञ्चबाट उठेकी थिइन्। त्यसपछि रास्वपाकै अन्य सांसदहरूले उनलाई सम्झाइबुझाइ गरी शान्त गराएका थिए।



कागजपत्र |
