बालुवाटार छिर्दैछन् प्रचण्ड, प्रधानमन्त्री ओलीका मुख्य तीन प्रस्ताव


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि डाकेका छन्।

बैठकमा पानी बाराबारको अवस्था रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीले निक्कै पछाडि फोन गरेको भन्दै उनी बैठकमा सहभागी हुने जानकारी आफैंले दिएका थिए।

लामो समयपछि प्रचण्ड बालुवाटार छिर्न लागेका हुन्। यसअघि सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीसँग प्रचण्डको शितलनिवासमा भेट भएको थियो।

कोरोना भाइरसको नयाँ भेरियन्टसँगै जोखिम बढेका बेला सर्वदलीय बैठक राखेका प्रधानमन्त्रीले मुख्य तीन प्रस्ताव राख्ने बताइएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम न्युनिकरणका लागि लक डाउनका विषयमा दलहरूसँग सुझाव लिने, नयाँ बजेटका लागि नीति तथा कार्यक्रममा सुझाव समेट्ने र नयाँ निर्वाचनमा जाने विषय प्रधानमन्त्री ओलीका तीन एजेन्डा हुन्।

प्रतिक्रिया