

कोहलपुरमा बस र टिपर जुध्योः ५ जनाको मृत्यु, ७ को अवस्था गम्भीर

बाँके – बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार साझ कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा परेका ७ जनाको अवस्था चिन्ताजनक छ । त्यस्तै दुर्घटनामा २१ जना भने सामान्य घाइते भएका छन् ।
अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन् । सुर्खेतबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र टिपर आपसमा ठोक्किएको थियो ।
घाइतेहरुको उपचार कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेमा भइरहेको छ । बसमा ४७ जना सवार थिए ।

