
श्रम स्वीकृति नलिई विमानस्थल नआउन अध्यागमन विभागको अनुरोध
काठमाडाैं- अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्रै वैदेशिक रोजगारीका लागि यात्रा गर्न आग्रह गरेको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरेर स्वीकृति नलिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रस्थानका लागि आउने गरेको जनाएको छ।
त्यसैले श्रम स्वीकृति प्राप्त भएपछि मात्रै विमानस्थलमा उपस्थित हुन विभागले अनुरोध गरेको छ।
अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानी लिएर मात्र यात्रा गर्न समेत आग्रह गरेको छ।
\



कागजपत्र |
