
२ कुशलको उत्कृष्ट प्रदर्शनले चीनविरुद्ध नेपाल २२१ रनले विजयी
भुर्तेलले बनाए ४३ बलमा १२९ रन मल्लले ८५ रन बनाउँदै बिना रन ३ विकेट हात पारे
काठमाडौं – एसियन गेम्स छनोटअन्तर्गत नेपाली पुरुष टोलीले चीनलाई विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको चिनले १९.२ ओभरमा ९२ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले २२१ रनले जितेको हो ।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए । उनले १.२ ओभरमा बिना कुनै रन ३ विकेट लिएका थिए । त्यस्तै सन्दी लामिछाने, सोमपाल कामी २÷२ विकेट लिँदा नन्दन यादवले १ विकेट हात पारेका थिए भने चीनका २ जना ब्याट्सम्यान रनआउट भएका थिए ।
सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेलेका थिए । उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्।
त्यस्तै कुशल मल्लले ८५ र रोहित पौडेलले ६९ रनको अर्धसकतीय पारी खेले।



कागजपत्र |
