अमेरिकाबाट नेपाल आउँदै गरेका मरहठ्ठाको जहाजभित्रै निधन !


काठमाडौं — अमेरिकाबाट नेपाल आउँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु भएको छ ।

टर्किस् एयरको विमानबाट अमेरिकाबाट काठमाडौं आउँदै गरेका गोरखाका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु भएको जनाइएको छ ।

आज बिहान बिहान ६ः ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका मरहठ्ठाको उडानकै क्रममा मृत्यु भएको जनाइएको छ।

टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय मरहठ्ठा श्रीमतीसहित अमेयरिकाबाट नेपाल आउँदै थिए ।

गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ ।

प्रतिक्रिया