चार्जमा राखेको मोबाइल चलाउँदा १६ वर्षीय किशोरको ज्यान गयो


डडेल्धुरा डडेल्धुरामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा आलिताल गाउँपालिका–१ बन्ताल निवासी १६ वर्षीय अनिल विक रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे मोबाइल चार्जमा राखेर प्रयोग गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचार भइरहेका क्रममा शुक्रबार राति १० बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया