
पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
काठमाडौं – श्रम संस्कृति पार्टीको कोशी प्रदेश समितिले पार्टीका सबै तहका कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।
प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले मातहतका सबै कमिटीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।
पत्रमा श्रम संस्कृति पार्टीअन्तर्गत प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगरपालिका, वडा र टोल तहमा हुने कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न भनिएको छ ।
पत्रमा उनलाई ‘श्रम पिता’ भन्दै सम्बोधन गरिएको उल्लेख छ ।



कागजपत्र |
