संसद्मा उठ्यो प्रश्न – जीबी राई कहिले पक्राउ पर्छन् ?


काठमाडौं- सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका जीबी राई कहिले पक्राउ पर्छन् ? भन्ने प्रश्न संसद्मा उठेको छ ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोमबार प्रतिनिधिसभा बैठकमा सरकारलाई विभिन्न प्रश्न गर्दै जीबी राई पक्राउबारे स्पष्ट जवाफ माग गरेका हुन् ।

उनले संसद्मा बोल्दै बाँदर व्यवस्थापन, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानबारे पनि सरकारसँग प्रश्न गरेका थिए ।

सांसद राईले सहकारीमा डुबेको बचतकर्ताको पैसा फिर्ता कसरी हुने र राज्यले त्यसको जिम्मा लिने वा नलिने विषयमा पनि स्पष्ट नीति माग गरेका छन् ।

उनले किसानका समस्या व्यवहारमै समाधान गर्न र सडक आयोजनाहरूको अवस्था सुधार्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया