सरकारले तोक्यो धानको समर्थन मूल्य


काठमाडौं- सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्षका लागि मोटो र मध्यम धानको समर्थन मूल्य तय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको मन्त्री पोखरेलले बताए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया