रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि चितवनमा, तयारी तालिका सार्वजनिक


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले विस्तृत तयारी तालिका सार्वजनिक गरेका हुन् ।

जारी कार्यतालिकाअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला र प्रदेश अधिवेशन सञ्चालन गर्ने तथा महाधिवेशन प्रतिनिधिहरूको नामावली संकलन गर्ने कार्यहरू समावेश गरिएको छ ।

रास्वपाले महाधिवेशनका क्रममा निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा पनि छलफल गर्ने जनाएको छ ।

null

प्रतिक्रिया