प्रतिनिधिसभामा बालेन शाहलाई बोलाउन कांग्रेसको माग


काठमाडौं-  नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहलाई उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न माग गरेको छ ।

बिहीबार आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सरकार र प्रधानमन्त्री सदनप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म विपक्षीको विरोध जारी रहने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया