
प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएसम्म विरोध जारी रहन्छ : हर्क साम्पाङ
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नबन्दासम्म आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारप्रति निरन्तर खबरदारी गरिरहने बताएका हुन् ।
उनले प्रधानमन्त्री स्वयंले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ संसद्मा दिनुपर्ने बताए ।
साम्पाङले सरकारको आलोचना गर्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै विरोधका कारण निलम्बन गरिए पनि पछि नहट्ने चेतावनी दिए ।
‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौँ,’ उनले भने ।



कागजपत्र |
