स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती


काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई जितको लागि १७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनायो ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन् ।

त्यस्तै स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रन बनाए । त्यस्तै जर्ज मुन्सेले १९ रन बनाए ।

बलिङतर्फ अमेरिकाका रुशिल उगारकर एक्लैले चार विकेट लिए भने सौरभ नेत्रावलकरले तीन विकेट झारे । त्यस्तै शुभम रञ्जनेले दुई विकेट लिदाँ हरमित सिहले एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया