प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत


काठमाडौं-  प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले बनेका दुई विधेयक प्रतिनिधिसभामा पेश गरेकी हुन् ।

मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् ।

ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया