अभ्यास खेलको क्रममा पारस खड्का घाइते, त्रिकोणात्मक सिरिजमा खेल्न नसक्ने


काठमाडाैं – भाेलिदेखि सुरू हुने त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि अभ्यास खेलको क्रममा अन्तिम आइतबार एउटा क्याच लिने प्रयास गर्दा खेलाडी पारस खड्का घाइते भएका भएका छन् ।

दाहिने काँधमा चाेट लागेपछि, यसले रोटेटर कफको मांसपेशी सुनिएर समस्या देखिएपछि चिकित्सकले खेल नखेल्न र २-३ हप्ता फिजियोथेरापी गर्न दिएकाे सल्लाह अनुसार उनले यस्ताे घाेषणा गरेका छन् ।

उनले भनेका ‘टूर्नामेन्ट हराउनेछ तर म विश्वास गर्दछु टीम यो सबै तरिकाले जित्नको लागि पर्याप्त राम्रो छ।’ टोलीमा कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका थिए ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

https://www.facebook.com/official.ParasKhadka

 

प्रतिक्रिया