सन्दीपको एक दिवसीय क्रिकेटमा कीर्तिमान, सर्वाधिक छिटो लिए १५० विकेट


काठमाडौं — नेपालका स्पिनर सन्दीप लामिछाने एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राखेका छन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् ।

सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए ।

स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्‍याएका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले अहिले २२ ओभरमा ५ विकेटको क्षतिमा १३१ रन बनाएर खेलिरहेको छ । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका छन् भने दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले १÷१ विकेट हात पारेका छन् ।

 

प्रतिक्रिया