मौनता तोड्दै ओली–प्रचण्ड भेट हुँदै, प्रचण्ड भन्छन्– प्रधानमन्त्रीको फोन आयो


काठमाडौं– मौनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ।

ललितपुरको एउटा भवन उद्घाटन कार्यक्रमको सम्बोधनका क्रममा प्रचण्डले शुक्रबार भने,‘लामो समयपछि प्रधानमन्त्रीको फोन आएको छ। यहाँ बस्दैगर्दा आयो, यहाँको बाटोको कुरा मैले गर्नेवाला छु।’

प्रतिनिधि सभा विघटनको सिफारिसयता ओली–प्रचण्डको एक पटक पनि भेटवार्ता भएको छैन। चार महिनासम्म एकअर्कालाई सार्वजनिक सभामा घोचपेच गरेका ओली–प्रचण्डको भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ।

विभिन्न प्रदेश सरकारमा अविश्वासको प्रस्ताव राख्ने, सरकार गिराउने र बनाउने खेल चलिरहेका बेला यो भेट हुन लागेको हो।

प्रतिक्रिया