
कर्णाली प्रदेशः एक सिटे राप्रपाले झड्का दियो, मुख्यमन्त्रीले पाउलान् बहुमत विश्वासको मत?
काठमाडौं – शुक्रबार विश्वासको मत लिने तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झट्का दिएको छ। पछिल्लो समयमा आएर राप्रपाले साथ नदिने भएको हो।
राप्रपाले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरिसकेका कारण सरकारलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ। नयाँ सरकार बनाउने र ढाल्ने खेलमा राप्रपा सहभागी नहुने भएको हो।
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा पनि २० सांसद आवश्यक पर्दछ। । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण उसँग १२ सांसद मात्र छ।
कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छ। मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको नेपाली काँग्रेसको समर्थनले मात्र पनि पुग्दैन।
एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले ‘फ्लोरक्रस’ गर्नुपर्ने हुन्छ। २० सांसद एमालेसँगै रहेको अवस्थामा एमालेका सांसदले फ्लोर क्रस गरेनन् भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट छ।
यो पनि पढ्नुहोस्
मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न कर्णालीमा एमालेको ह्वीप जारी
मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै, एमालेका केही सांसद फ्लोरक्रस गर्नसक्ने



कागजपत्र |
