स्मार्ट टेलिकम प्रकरण : सीआईबीद्वारा एनसेल कार्यालयबाट कागजात नियन्त्रण


काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको अहिलेसम्मकै ठूलो आर्थिक अनियमितता र सरकारी सम्पत्ति हिनामिना प्रकरणको अनुसन्धान गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

स्मार्ट टेलिकमको अर्बौँ मूल्य बराबरको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी सरकारको अधिकार कमजोर बनाइएको आरोपमा भइरहेको अनुसन्धानअन्तर्गत सीआईबी टोली एनसेल कार्यालय पुगेको हो।

सीआईबी स्रोतका अनुसार कार्यालयमा छापा भने नमारिएको र अनुसन्धानका लागि आवश्यक कागजात मात्र संकलन गरिएको हो।

प्रतिक्रिया