विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश


काठमाडौं-  विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विद्यार्थी संगठन खारेज नगर्न सरकारको नाममा अल्पकालीन आदेश दिएको हो ।

सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले हाललाई विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया