गरिबलाई रुवाउने सरकार चाहिँदैन : हर्क साम्पाङ


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकारमाथि तीव्र आलोचना गर्दै देश अभिभावकविहीन अवस्थामा पुगेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासीमाथि सरकारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाए ।

“देश अभिभावकविहीन बन्न पुगेको छ,” उनले भने, “गरिब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको महसुस भएको छ ।”

साम्पाङले सरकारले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र आवासको अधिकार उल्लंघन गरेको आरोप लगाए ।

“संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र ?” उनले प्रश्न गरे ।

उनले सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरको अवस्थाबारे पनि सरकारसँग जवाफ मागे । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह ‘बालेन’ त्यहाँ पुगे–नपुगेको विषयमा समेत उनले जिज्ञासा राखे ।

“गरिबका बस्ती र बिजोग गरी राखिएको होल्डिङ सेन्टरमा प्रधानमन्त्रीजी जानुभयो कि जानु भएन ? कि आफ्नै कार्यालयमा लुकेर बस्नुभएको छ ? हामी उत्तर चाहन्छौँ,” साम्पाङले भने ।

प्रतिक्रिया