
सेबोन अध्यक्ष सिफारिस समिति संयोजक डा. गुणाकर भट्टको राजीनामा
काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
उनका नातेदारहरूले समेत बोर्ड अध्यक्षका लागि आवेदन दिएको कारण स्वार्थको द्वन्द्व हुन सक्ने सम्भावना देखिएपछि उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
सरकारले सेबोन अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
समितिले हालसम्म आवेदन लिने प्रक्रिया पूरा गरिसकेको छ । बाँकी छनोट तथा सिफारिस प्रक्रिया अघि बढाउन सरकारले अब अर्को संयोजक नियुक्त गर्ने भएको छ ।



कागजपत्र |
