महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं-  नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शोभा भनिने जानुका पाठकले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अन्य ८ जनालाई भने जनही २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरिएको अदालत स्रोतले जनाएको छ ।

धरौटी माग गरिएका अन्य व्यक्तिहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।

महेश बस्नेतकी पत्नीसहित सबै आरोपितलाई प्रहरी हिरासतबाटै अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया