
आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
दमौली (तनहुँ)- आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिराे खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।
सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।



कागजपत्र |
