वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले दिए राजीनामा


काठमाडौं – वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालयले भने उनको राजीनामा अझै स्वीकृत गरिसकेको छैन।

सरकारले हालै जारी गरेको अध्यादेशअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) लगायतका संस्थाका पदाधिकारीहरू पदमुक्त हुने व्यवस्था भएपछि डा. शर्माले राजीनामा दिएका हुन्।

अध्यादेश लागू भएसँगै यसअघि नियुक्त भएका विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भइसकेको अवस्थामा डा. शर्माले पनि सोही कानुनी मर्मअनुसार जिम्मेवारीबाट अलग भएको बताएका छन्।

उनको राजीनामासँगै वीर अस्पताल हाल नेतृत्वविहीन अवस्थामा पुगेको छ।

प्रतिक्रिया