प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक


काठमाडाैं – संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहले परिषद्को बैठक बोलाएका छन् ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बिहीबार साँझका लागि बैठक बोलाएका हुन् ।

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी भएको भोलिपल्टै प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएका हुन् ।

६ सदस्य मध्ये ४ जना उपस्थित भए गणपूरक संख्या पुगेको मानिने र प्रधानमन्त्रीसहित ३ जनाको निर्णय बहुमत मानिने व्यवस्थासहित नयाँ अध्यादेश जारी भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‌मा कानुन मन्त्री, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख र प्रतिनिधि सभामा विपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया