
गगन थापा र शेखर कोइरालाबीच एक घण्टा छलफल
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो। उनीहरूबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा करिब एक घण्टा छलफल भएको बताइएको छ।
कोइरालाको सचिवालयले भेटवार्ताको पुष्टि गरे पनि छलफलको विषय सार्वजनिक गरिएको छैन।
यसैबीच सभापति थापाले मंगलबार नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गर्ने तय भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग संयुक्त रूपमा छलफल गर्नेछन्।
यसअघि पनि सभापति थापाले वैशाख ६ गते खड्कासँग भेटवार्ता गरेका थिए। वैशाख ४ गते सर्वोच्च अदालतले पार्टीको आधिकारिकता दाबी गर्दै खड्काले दायर गरेको रिट खारेज गरेको थियो।



कागजपत्र |
