उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्वका लागि आज निर्वाचन


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुन लागेको हो।

निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबिच प्रतिस्पर्धा छ। दुवै पक्षले उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार अघि सारेका छन्।

महासंघको ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार छन्। मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ र त्यसपछि मतगणना गरिनेछ।

प्रतिक्रिया