ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं – लिग २ क्रिकेट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

ओमानसँग मंगलबार खेल्दै गर्दा नेपालले कमीकमजोरीहरू सुधार गर्दै पहिलो खेलको हारको बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।

लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।

यही शृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले यूएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृंखलामा तेस्रो जितको खोजीमा हुनेछ ।

नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।

कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको छ ।

प्रतिक्रिया