स्वास्थ्य मन्त्रालयको अपिलपछि आकस्मिक छलफलमा जुटे स्थानीय तह


काठमाडौं – स्वास्थ्य तथा मन्त्रालयले काठमाडौंसहित अति प्रभावित १४ जिल्लाहरुमा विद्यालय नजान अपिल गरेपछि स्थानीय तहहरु छलफलमा जुटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अपिल सार्वजनिक भएलगत्तै काठमाडौं महानगरपालिकाले विद्यालयका सञ्चालनको विषयमा छलफल गरिरहेको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । ललितपुर महानगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयको अपिलपछि विद्यालयबारे छलफल गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले बताए ।

भरतपुर महानगरपालिकाले भने आइतबारसम्म ठोस निर्णय गर्ने बताएको छ । महानगरपालिकाका प्रवक्ता अरुण पीडित भन्डारीले भने तत्काल निर्णय गर्नका लागि सम्बन्धित कर्मचारीहरु विदामा बसेका कारण नसकिने बताएका छन् । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय कुरिरहेको बताए ।

प्रतिक्रिया