प्युठानमा आगो जलेर बुबा–छोरी घाइते


काठमाडौं – प्यूठानमा घरायसी विवादका क्रममा पेट्रोल छर्किदा आगो लागेर बुबा–छोरी गम्भीर घाइते भएका छन्।

प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षिय सानू नेपाली र उनकी १८ वर्षिया छोरी अञ्जली नेपाली घाइते भएका हुन्। हिजो घरायसी झगडाका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाउने प्रयास गरेका थिए।

सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको थियो। त्यसक्रममा दुवै जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

जिल्ला अस्पतालमा प्रराम्भिक उपचारपछि दुबैलाई मिसन अस्पताल पाल्पा रेफर गरिएको छ। स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको भट्टराईले जानकारी दिए।

प्रतिक्रिया