पोखराबाट भैरहवा जाँदै गरेको बस दुर्घटना


पोखरा — पोखराबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ ।

भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ ।

दुर्घटनाबारे थप विवरण आउँदैछ ।

प्रतिक्रिया