डोजर रोक्न माग गर्दै रास्वपा कार्यालय पुगे सुकुम्बासी


काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउने तयारी तीव्र पारेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्।

बस्ती खाली गर्ने निर्णय रोक्न माग गर्दै शुक्रबार सुकुम्बासीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका हुन्। उनीहरूले डोजर चलाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

संभावित प्रदर्शन र तनावलाई ध्यानमा राख्दै रास्वपा कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित बस्ती क्षेत्रमा माइकिङ गर्दै बस्ती खाली गर्न सूचना जारी गरेको थियो।

प्रशासनले शुक्रबार साँझसम्म बस्ती खाली गर्न समय दिएको छ। सो समयसीमा सकिएपछि शनिबार बिहानदेखि डोजर चलाउने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया