
पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
पोखरा- पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
शाहसँगै उनकी पत्नी कोमल राज्यलक्ष्मी शाह पनि पोखरा आएका छन् । उनीहरू केही दिन आराम (रिफ्रेस) का लागि पोखरा आएको बताइएको छ।
विमानस्थलबाट उनीहरू सिधै लेकसाइडस्थित होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ। शाहको औपचारिक कार्यतालिका भने हालसम्म सार्वजनिक गरिएको छैन।
उनका निकट स्रोतका अनुसार पोखरा बसाइका क्रममा गोरखनाथ मन्दिरको दर्शन गर्ने सम्भावित कार्यक्रम रहेको छ। अन्य भेटघाट वा औपचारिक कार्यक्रम भने यस पटक नहुने बताइएको छ।



कागजपत्र |
