
विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं- विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गरेका छन्।
सरकारले स्ववियु तथा विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने उद्देश्यले कदम चालेको भन्दै विद्यार्थीहरूले उक्त निर्णयलाई अधिनायकतावादी भएको आरोप लगाएका छन्।
स्ववियु तथा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसको आयोजनामा गरिएको प्रदर्शनअन्तर्गत विद्यार्थीहरूले प्रदर्शनीमार्ग क्षेत्रमा सरकारविरुद्ध मार्चपास गरेका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्णय फिर्ता लिन माग गरेका छन्।



कागजपत्र |
