
तातो हावाको लहरले तराई आक्रान्त हुने संकेत, सतर्क रहन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरूमा तातो लहर वा अत्यधिक गर्मीको अवस्था रहने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव परिरहेको छ, जसका कारण देशभर तापक्रम क्रमशः बढ्दै गएको छ।
विशेषगरी दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा, जनकपुर लगायतका क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ। यी क्षेत्रहरूमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र तातोबाट बच्ने उपायहरू अवलम्बन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



कागजपत्र |
