राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन बोलाइएको हो ।

निर्णयअनुसार आगामी वैशाख १७ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्नेछ ।

अधिवेशन आह्वानसँगै सरकारका आगामी नीति, विधेयक र समसामयिक राजनीतिक विषयमा संसद्मा छलफल तीव्र हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया