गृहमन्त्री राजीनामापछि गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्री बालेनलाई


काठमाडौं- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको कार्यभार अब प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै सम्हाल्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसअनुसार गुरुङको राजीनामा स्वीकृत गर्दै गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री स्वयंलाई दिने निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मौजुदा मन्त्रिपरिषद्का गृह मन्त्री सुधन गुरुङले नेपालको संविधानबमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकिएको छ।”

गुरुङले यसअघि नै प्रधानमन्त्री शाहसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । विवादित सम्पत्ति विवरण र अन्य आरोपका कारण उनीमाथि दबाब बढ्दै गएपछि उनले पदबाट अलग हुने निर्णय गरेका हुन् ।

673767110_1865674404119012_9100300134066853968_n-1776860537.jpg

प्रतिक्रिया