
दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं- व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।
अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदनका आधारमा आरोपितहरू दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध चलिरहेको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै थप समय आवश्यक ठहर गरेको जनाएको छ।
इजलासमा दुवै पक्षका कानून व्यवसायीबीच बहस भएको थियो। अनुसन्धान अधिकारीले मुद्दासँग सम्बन्धित थप प्रमाण संकलन, राय प्रतिवेदन तयार पार्ने तथा अभियोगपत्र दायर गर्ने कार्य बाँकी रहेको जानकारी गराएका थिए।
उक्त आधारमा अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को प्रावधानअनुसार आरोपितहरूलाई थप ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।
चैत १९ गते भट्ट र २२ गते अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



कागजपत्र |
