
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
काठमाडौं- सरकारले तीन वटा कानुन संशोधनसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण ऐन संशोधनका लागि विधेयक अघि बढाउने निर्णय गरेको हो।
सरकारले नेपाल विशेष सेवा ऐन २०८२ संशोधन गर्न बनेको विधेयक, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक तथा मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ।
त्यसैगरी, बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहेका छन्।
यसैबीच, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पनि नयाँ नियुक्ति गरिएको छ। समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन बहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।



कागजपत्र |
