समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य नियुक्त


काठमाडौं-  सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ नेतृत्व नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अध्यक्षसहित दुई सदस्य मनोनयन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिको अध्यक्षमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गरिएको छ।

त्यसैगरी, सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन तथा सुधारका कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको सरकारको भनाइ छ।

प्रतिक्रिया