यी हुन् रास्वपाको केन्द्रीय बैठकको प्रस्तावित कार्यसूची


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ ।

बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय गरिएको छ । जसअन्तर्गत पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, केन्द्रीय समिति पदाधिकारी मनोनयन लगायतका विषयमा छलफल हुने छ ।

यसैगरी महाधिवेशन कार्यविधिको मस्यौदा, विधान संशोधन, स्थानीय तहका उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानका विषय पनि एजेन्डामा समावेश छन् । साथै प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मताधिकार दिने विषय, सचिवालयका निर्णय अनुमोदनलगायतका मुद्दामा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया