ओली भेट्न अस्पताल पुगे प्रचण्ड


काठमाडौं- नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ सवा ५ बजेतिर अस्पताल पुगेका थिए । उनी करिब ३० मिनेट बसेको बताइएको छ ।

एमाले सचिव पद्मा आर्यालले दाहाल स्वास्थ्यलाभको कामना गर्न आएको बताइन् । “उहाँ स्वास्थ्य अवस्थाबारे बुझ्न र शीघ्र स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो, अन्य विषयबारे म पनि बुझ्दैछु,” उनले भनिन् ।

त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए ।

प्रतिक्रिया