दरबारमार्गकाे सडकमा धुलो झार्दा २५ हजार जरिवाना


काठमाडौं-  काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित एक पसलले सडकमा धुलो झारेपछि २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

मंगलबार दिउँसो पसलको म्याटबाट धुलो झारेर ग्रेनाइट बिछ्याइएको पेटीमा टक्टक्याएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले कारबाही गरेको हो ।

काठमाडौं महानगर नगर प्रहरी बलले उक्त कार्यलाई सरसफाइ नियमविपरीत ठहर गर्दै पसलधनी पंकज कुमारलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया