
कृषि मन्त्री चौधरीले पाइन् माइतबाट २ बाख्रा र १० कुखुरा!
काठमाडौंं — प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार मन्त्रीहरुले आफूसँग भएका चल–अचल साथै विभिन्न अन्य सम्पत्तिहरुको सार्वजनिक गरेका छन् ।
अन्य मन्त्रीहरुले जस्तै कृषि मन्त्री गीता चौधरीले पनि सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् ।
उनले सार्वजनिक गरेको विवरणअनुसार उनको घर नरहेको जनाइएको छ भने उनको नाममा बर्दियामा र सुरेन्द्र चौधरीको नाममा रुपन्देहीमा जग्गा रहेको खुलेको छ ।
त्यस्तै उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख गरिएको छ ।
त्यस्तै उनलाई माइतीले २ वटा बाख्रा र १० वटा कुखुरा उपहार स्वरुप दिएको पनि उल्लेख गरिएको छ ।



कागजपत्र |
