
उपसभामुख निर्वाचनमा रूबी कुमारीलाई मतदान गर्ने रास्वपाको निर्णय
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रूबीले रास्वपासहितको समर्थनमा बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।



कागजपत्र |
