
धादिङमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ
धादिङ- धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। गल्छी गाउँपालिका–३ छतिनटारका २८ वर्षीय रवि पोखरेललाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त घटनाबारे सूचना र पीडितको उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले तत्कालै कारबाही अघि बढाएको थियो। सोही क्रममा आरोपी पोखरेललाई उनकै घरबाट पक्राउ गरिएको हो।
पक्राउ परेका पोखरेलमाथि जबरजस्ती करणी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
