
उपसभामुखका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ता हुँदैछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ । २७ गते उपसभामुखको निर्वाचन हुँदै छ ।
संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र फरक–फरक हुनुपर्ने व्यवस्था भएकाले कसले पाउने हो भन्ने निश्चित छैन ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।
प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।



कागजपत्र |
